Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना सम्म पनि बाराका १० स्थानीय तहको खाता सञ्चालन भएन

spot_img
spot_img

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको करिब दुई महिना सम्म पनि बाराका अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । जिल्लाका १६ स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहको मात्र खाता सञ्चालनमा आएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीका अनुसार देवताल गाउँपालिका, करैयामाई गाउँपालिका, सिम्रौनगढ नगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र विश्रामपुर गाउँपालिकाको मात्र खाता सञ्चालन भएको हो ।

बारा जिल्लामा दुई उपमहानगरपालिकासहित १६ वटा स्थानीय तह रहेका छन् । तीमध्ये कलैया उपमहानगरपालिकासहित १० वटा स्थानीय तहको खाता सञ्चालन हुन बाँकी रहेको कोष नियन्त्रक गिरीले जानकारी दिए ।

उनका अनुसार कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, पचराैता नगरपालिका, काेल्भी नगरपालिका, निजगढ नगरपालिका, फेटा गाउँपालिका, बारागढी गाउँपालिका, आदर्शकाेत्वाल गाउँपालिका र सुवर्ण गाउँपालिकाकाे खाता संचालन हुन सकेकाे छैन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन नसक्दा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । सरकारले कर्मचारीलाई १५ दिनभित्र तलब खुवाउने व्यवस्था गर्ने बताए पनि स्थानीय तहको खाता सञ्चालनमा ढिलाइ हुँदा दुई महिना सम्म पनि कर्मचारीले तलब पाउन सकेका छैनन् ।

यस्तै, पर्साका पनि अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । प्राप्त जानकारीअनुसार वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाको मात्र खाता सञ्चालनमा आएको छ ।

यसरी बारा र पर्साका अधिकांश स्थानीय तहको खाता सञ्चालनमा ढिलाइ हुँदा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, कर्मचारीको तलब भुक्तानी तथा विकास निर्माणका गतिविधि प्रभावित हुने अवस्था देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...

भोटेकोशी बाढीपछि वीरगंज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

वीरगंज । भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध...