Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

spot_img
spot_img

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

सबैला नगरपालिका–१० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी–१३ निवासी २७ वर्षीय सञ्जितकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ज९प ५६९७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको हो ।

बरामद पदार्थको तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार पक्राउ परेका भारतको मधुवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरी मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्रीवितरण गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

कांग्रेसद्वारा उद्धार कोषमा एक करोड आर्थिक सहयोग

काठमाडौँ । नेपाली कांग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड...