Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

spot_img
spot_img

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदी अरेबियाले दिएको एक सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुलशनकुमार झाले अविजित ४४, ईशान पाण्डेले ४४, देव खनालले ३९, रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।

बलिङतर्फ साउदी अरेबियाका लागि इश्ताक अहमद र मुहम्मद आतिफले दुई दुई विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले ४९।२ ओभरमा सवै विकेट गुमाएर एक सय ९० रन बनायो ।  साउदी अरेबियाका लागि अब्दुल वाहीदले ८९ बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए । यस्तै मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन तीन, ललितनारायण राजवंशीले दुई तथा गुलशनकुमार झा र शेर मल्लले एक एक विकेट लिए । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटको पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेल मङ्गलबार हङकङसँग खेल्नेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...