Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

spot_img
spot_img

काठमाडौँ । सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभयो ।

त्यसक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो । “हामीले जे कसम खाएका छौँ । त्यसलाई पूरा गर्छौं”, उहाँले भन्नुभयो ।

गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो । यही भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते नेपाल मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...