Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी

spot_img
spot_img

जनकपुरधाम। जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारतबीच छलफल भएको छ ।

नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच यस विषयमा बिहीबार पहिलो चरणको छलफल भएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भारतको जयनगरस्थित रेल्वे स्टेशनको विश्रामगृहमा भएको बैठकमा रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भएको थियो ।

उहाँहरुबीच रेल लिङ्क, सिग्नलिङ प्रणाली, अध्यागमन, भन्सार चेकपोस्ट, यात्रु सुविधा र सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।

नेपालतर्फ नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा उहाँहरुबीच सैद्धान्तिक सहमति भएको छ ।

बैठकमा नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको सहभागिता रहेको प्रवन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो । बैठकपछि दुवै देशका अधिकारीलेजयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपालकी विभूति सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ ।

रेल सेवा सञ्चालनपछि नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन समेत सहयोग पुग्नेछ । हाल नेपालको बिजलपुराबाट जनकपुरधाम हुँदै भारतको जयनगरसम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...