Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

बाबु सम्पर्कविहीनः चार सन्तान विचल्ली

spot_img
spot_img

सप्तरी ।  सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उहाँका चार सन्तान विचल्लीमा परेका छन् ।

आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्युु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उहाँको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियोे । आमा बिरामी हुँदा उपचार गर्ने क्रममा  ऋण लागेपछि रोजगारीका लागि त्यहाँ जानुभएको थियोे ।

“हामी कसको साहारामा बस्ने रु” विभा सदाले भन्नुभयो । अठार र २० वर्षका दुई दिदीहरूको विवाह भइसकेको छ । तेह्र वर्षीय छोरा सुभाष सदा आफन्त सहयोगमा बाबुको खोजीमा रसुवा जानुभएको छ ।

त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

शिवकुमार सदाको चार जना छोराछोरी छन् । उहाँको बुबाआमा बूढाबूढी हुनुहुन्छ । पत्नी पनि बिरामी भएकाले घरको एक्लो साहार सम्पर्कविहीन हुनुभयो ।

सात जना परिवारको आहारासमेत खोसिएको उहाँकी पत्नी गुडिया सदाले बताउनुभयो । सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन् । कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ । पत्नी द्रोपतीदेवी सदाले बताउनुभयो ।

सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आउनुभएको थियोे । पुनः त्यहीँ जाने तर्खरमा हुनुहुन्थ्यो । अचानक बाढी आएको सुनेपछि जान रोकिनुभएको थियो । यस सदा ९मुसहर० बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...