Date
शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026

चीनले अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन आग्रह

spot_img
spot_img

बेइजिङ/सिन्ह्वा  चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन र गलत कार्य सच्याउन आग्रह गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को अनुमति बिना लगाइएका एकपक्षीय प्रतिबन्धप्रति चीनको दृढ विरोध रहने मन्त्रालयका प्रवक्ता हुआङ लिङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

चीनले बारम्बार प्रतिनिधित्व गरे पनि अमेरिकी पक्षले इरानसँगको कथित सम्बन्धका आधारमा चिनियाँ कम्पनी र नागरिकमाथि धेरै पटक प्रतिबन्ध लगाएको छ । यसप्रति चीनले गहिरो असन्तुष्टि र दृढ विरोध जनाएको उहाँले बताउनुभयो ।

अमेरिकाको एकपक्षीय प्रतिबन्धले सम्बन्धित देशहरूबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमा अनुचित हस्तक्षेप गर्ने र विश्व ऊर्जा सुरक्षा तथा स्थिर आपूर्तिलाई गम्भीर रूपमा बाधा पु¥याउने प्रवक्ताले बताउनुभयो ।

चीनले आफ्ना उद्यम तथा नागरिकका वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने हुआङले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीपीडितका लागि साउथ जोन माविद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ। विद्यालयका अभिभावक तथा विद्यार्थीबाट स्वतःस्फूर्त...

अदालतले अंश दिलायो, तर २० वर्षीय सूर्य अझै जन्मदर्ता र नागरिकताविहीन

वीरगंज । पर्सामा एक २० वर्षीय युवक आफ्नै बुवाले जन्मदर्ता नबनाइदिँदा नागरिकता प्राप्त गर्नबाट समेत वञ्चित भएका छन् । जन्मदर्ता र नागरिकता नहुँदा उनले...

विपद् प्राधिकरणलाई प्रधानमन्त्री अन्तर्गत राखौँः सांसद खरेल

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक...