Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

चीनले अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन आग्रह

spot_img
spot_img

बेइजिङ/सिन्ह्वा  चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन र गलत कार्य सच्याउन आग्रह गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को अनुमति बिना लगाइएका एकपक्षीय प्रतिबन्धप्रति चीनको दृढ विरोध रहने मन्त्रालयका प्रवक्ता हुआङ लिङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

चीनले बारम्बार प्रतिनिधित्व गरे पनि अमेरिकी पक्षले इरानसँगको कथित सम्बन्धका आधारमा चिनियाँ कम्पनी र नागरिकमाथि धेरै पटक प्रतिबन्ध लगाएको छ । यसप्रति चीनले गहिरो असन्तुष्टि र दृढ विरोध जनाएको उहाँले बताउनुभयो ।

अमेरिकाको एकपक्षीय प्रतिबन्धले सम्बन्धित देशहरूबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमा अनुचित हस्तक्षेप गर्ने र विश्व ऊर्जा सुरक्षा तथा स्थिर आपूर्तिलाई गम्भीर रूपमा बाधा पु¥याउने प्रवक्ताले बताउनुभयो ।

चीनले आफ्ना उद्यम तथा नागरिकका वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने हुआङले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...