Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

विपद् प्राधिकरणलाई प्रधानमन्त्री अन्तर्गत राखौँः सांसद खरेल

spot_img
spot_img

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

सभाको आजको बैठकको विशेष समयमा बोल्दै रास्वपाका सांसद खरेलले प्रधिकरणको अहिलेको संरचनाबाट विपद् व्यवस्थापनको सम्पूर्ण चक्रअन्तर्गत जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका काम सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज नभएको बताउँदै यस विषयमा गम्भीर बहस आवश्यकता औँल्याउनुभयो ।

सांसद खरेलले भोटेकोशी बाढी विपद्पछि सरकारको खोज, उद्धार र राहत प्रयास सराहनीय भए पनि पर्याप्त नहुनुमा प्राधिकरणको कमजोर संरचना भएको धारणा राख्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६ अनुसार बनेको प्राधिकरण तथा यसको वर्तमान संरचनाले अब प्रभावकारी रूपमा काम गर्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणलाई प्रधानमन्त्रीअन्तर्गत राख्नुपर्छ ।”

सांसद खरेलले नेपाल अहिले गहिरो शोकमा रहेको उल्लेख गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले बेपत्ता तथा घाइतेका परिवारसँग सरकार र सांसदहरू साथमै रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले असामान्य, अकल्पनीय र अप्रत्याशित परिस्थितिमा उद्धार कार्य सहज नभएको उल्लेख गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...