Date
शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

spot_img
spot_img

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ ।

नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्कामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका छन् ।

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो थुप्रो (डेब्रिस)मा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूलठूला ढुङ्गाहरू छन् । दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पन्छ्याएर सुरुङको माथिल्लो भागतर्फ १० फिट लम्बाइ र ४ फिट उचाइ जति मुख खोलिएको नेपाली सेनाले जनाएको छ ।

आयोजना स्थलमा रहनुभएका सांसद् श्रीराम न्यौपानेका अनुसार सेनाले सुरुङभित्र छिरेर माटो सोहोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ । एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य पनि जारी छ । थप ७ वटा बोल्डर (ठूला ढुङ्गा) ब्लास्टिङका लागि तयारी पनि भइरहेको छ ।

यो सुरुङ १७० मिटर जति लम्बाइको छ । माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीपीडितका लागि साउथ जोन माविद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ। विद्यालयका अभिभावक तथा विद्यार्थीबाट स्वतःस्फूर्त...

अदालतले अंश दिलायो, तर २० वर्षीय सूर्य अझै जन्मदर्ता र नागरिकताविहीन

वीरगंज । पर्सामा एक २० वर्षीय युवक आफ्नै बुवाले जन्मदर्ता नबनाइदिँदा नागरिकता प्राप्त गर्नबाट समेत वञ्चित भएका छन् । जन्मदर्ता र नागरिकता नहुँदा उनले...

चीनले अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन आग्रह

बेइजिङ/सिन्ह्वा  चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन र गलत कार्य सच्याउन आग्रह गरेको छ । चीनको वाणिज्य...