Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

मलेसियामाथि नेपालको जित

spot_img
spot_img

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो ।

मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपाल २१ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन् ।

त्यसैगरी, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० बनाए । बलिङतर्फ मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो ।

मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे । उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् ।

त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, ललितनारायण राजबंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एकरएक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...