Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नयाँ आर्थिक वर्षको डेढ महिना बितिसक्दा पनि पर्साका १० स्थानीय तहको खाता सञ्चालन भएन

वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाकाे मात्र खाता संचालन

spot_img
spot_img

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि पर्सा जिल्लाका अधिकांश स्थानीय तहले खाता सञ्चालन गर्न सकेका छैनन् । जिल्लाका १४ स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहको मात्र खाता सञ्चालन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (को.ले.नि.का.) पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार बिहीबारसम्म वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाले मात्र खाता सञ्चालन गरेका छन् ।

अन्य १० स्थानीय तहले भने हालसम्म खाता सञ्चालनका लागि आवश्यक निवेदनसमेत नदिएको उनले जानकारी दिए ।

प्रमुख कोष नियन्त्रक जोशीका अनुसार खाता सञ्चालनका लागि सम्बन्धित स्थानीय तहले बजेट पारित भएको विवरण, अख्तियारी तथा खाता सञ्चालनका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ । तर पर्साका अन्य १० स्थानीय तहले बिहीबारसम्म यी आवश्यक कागजात पेश गरेका छैनन् ।

यसका साथै गत आर्थिक वर्षको आय–व्यय विवरणसमेत कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । उक्त विवरण पनि सम्बन्धित स्थानीय तहहरूले हालसम्म पेश नगरेको कार्यालयले जनाएको छ ।

पर्साका नौ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पारित भएको दाबी गरे पनि खाता सञ्चालन गर्न भने सकेका छैनन् । पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाको गाउँसभा तथा नगरसभाबाट बजेट पारित भए पनि खाता सञ्चालन हुन सकेको छैन ।

सम्बन्धित स्थानीय तहका स्रोतका अनुसार बजेट पारित भए पनि वडा तहबाट योजनाहरू समयमै नआएकाले बजेट प्रणालीमा प्रविष्टि गर्न नसकिएको र त्यसकै कारण खाता सञ्चालनमा ढिलाइ भएको हो ।

यता, पकाहा मैनपुर गाउँपालिकाको भने गाउँसभाबाट चालु आर्थिक वर्षको बजेट नै पारित हुन सकेको छैन । जनप्रतिनिधिहरूबीच सहमति हुन नसक्दा बजेट पारितमा ढिलाइ भएको गाउँपालिका स्रोतले जनाएको छ ।

समयमै स्थानीय तहहरूको खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरूको तलब भुक्तानीदेखि विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । सरकारले १५ दिनमै कर्मचारीलाई तलब उपलब्ध गराउने नीति लिएको भए पनि खाता सञ्चालन नहुँदा डेढ महिना बितिसक्दा पनि अधिकांश स्थानीय तहका कर्मचारीले तलब पाउन सकेका छैनन् ।

खाता सञ्चालनमा भइरहेको ढिलाइका कारण विकास निर्माणका योजना तथा अन्य प्रशासनिक कामसमेत प्रभावित हुन थालेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

1 COMMENT

  1. […] स्थानीय तहको बजेट कार्यान्वयनको मुख्य आधार नै आर्थिक कारोबार सञ्चालन गर्ने खाता भएकाले यसको प्रक्रियामा भइरहेको ढिलाइले समग्र सेवा प्रवाहमा असर पार्ने देखिएको छ। अब बाँकी स्थानीय तहले आवश्यक कागजात र विवरण तत्काल पेश गरी खाता सञ्चालनमा ल्याउनुपर्ने अवस्था देखिएको छ। साभार : कालिका टाइमस  […]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...