Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

अविरल वर्षाको कहर : पर्सामा चट्याङ, बाढी र डुबानले जनजीवन प्रभावित, १० जना घाइते

spot_img
spot_img

सेढवा । पर्सा जिल्लामा गएरातिदेखि परेको मेघगर्जनसहितको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । चट्याङ, बाढी र डुबानका कारण सर्वसाधारणसँगै किसानहरू पनि समस्यामा परेका छन् । जिल्लाका दुई स्थानमा चट्याङ लाग्दा १० जना घाइते भएका छन् भने बाढी–डुबानले बस्ती र खेतीबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेबाट सिधौलिया (भारत) जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला बिहान चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् । घाइते हुनेहरूमा शान्तिदेवी सहनी, राधिका देवी सहनी, रिता देवी सहनी, कुश्मी देवी सहनी, सन्ध्या देवी, प्रमिला सहनी र संगीता देवी रहेका छन् ।

घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररतमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको जनाइएको छ ।

यस्तै, पर्सा राष्ट्रिय वनसँग जोडिएको पटेर्वासुगौली गाउँपालिका–२ थरघटीमा बिहान करिब ७:१५ बजे चट्याङ लाग्दा दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव घाइते भएका छन् । उनीहरू जंगलमा पशु चौपाया चराउन गएका बेला चट्याङको चपेटामा परेका थिए । नारायणी अस्पतालका अनुसार सूर्य महतो उराँवको पेट र छातीमा गम्भीर चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।

अविरल वर्षाले जिल्लाको कृषि क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी जिराभवानी र जगरनाथपुर गाउँपालिकामा किसानहरूले लगाएको चैते धान (हर्दिनाथ–१) बाली डुबानमा परेको छ । पाकेर भित्र्याउने तयारीमा रहेको धान खेतमै डुबेका कारण किसानहरू चिन्तित बनेका छन् । कतिपय किसानले काटेर घरमा ल्याएको धानसमेत लगातारको वर्षाले सुकाउन नपाउँदा पालमै उम्रिन थालेको गुनासो गरेका छन् ।

लगातारको वर्षासँगै खोला, नाला र पैनीहरूमा पानीको सतह बढ्दा विभिन्न बस्ती पनि डुबानमा परेका छन् । जिराभवानी गाउँपालिका–३ का अमृत चौधरी, रामऔतार दास र सुदेशी चौधरीको घरमा बाढी पसेको छ ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिका–१ मलाहीटोलका रामाधार सहनी, उमेश सहनी, वृजलाल सहनी, हरिन्दर सहनी, सुरज सहनी, राजु सहनी, जोगिन्दर सहनी र नन्दु सहनीका घरमा पनि बाढीको पानी पसेको स्थानीयले बताएका छन् ।

वर्षापछि खेतबारीमा पानीको बहाव बढ्दा धान रोपाइँ सम्पन्न गरेका किसानहरू थप समस्यामा परेका छन् । जिराभवानी गाउँपालिका–२ सेढवाका किसान पुजन चौधरीका अनुसार खेतमा बनाइएका करिब ८० प्रतिशत आली बगाएको छ । रोपाइँ सकिसकेकाले पुनः आली बनाउन आवश्यक माटोसमेत नपाइने अवस्था रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

यता, अत्यधिक वर्षाका कारण वीरगंजलाई जोड्ने हुलाकी सडकखण्डका विभिन्न स्थानमा सडकभन्दा करिब डेढदेखि दुई फिटमाथिसम्म बाढी बगेपछि केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

प्रशासनले वर्षा जारी रहने सम्भावना रहेकाले नदी–नाला, खुला खेत तथा वन क्षेत्रमा अनावश्यक रूपमा नजान, चट्याङबाट बच्न आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...