Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

वर्षा नहुँदा पर्सामा धान रोपाइँ प्रभावित, किसानलाई सिँचाइ र लागतको दोहोरो मार

spot_img
spot_img

सेढवा । असार महिनाको तेस्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा पर्सा जिल्लाका अधिकांश किसानले वर्षे धानको रोपाइँ गर्न नसकेको गुनासो गरेका छन् । किसानका अनुसार बेर्नामा राखिएको धानको बिरुवा २२–२५ दिनमै रोप्न तयार हुने भए पनि एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पानी नपरेकाले रोपाइँ हुन सकेको छैन ।

ढिलाइका कारण बेर्नामा रहेका बिरुवा छिपिन थालेका छन् । जिल्लाको गण्डक नहरभन्दा उत्तरी थरुवान क्षेत्रमा आकाशे पानीसँगै अन्य सिँचाइका केही स्रोत उपलब्ध भएकाले सीमित क्षेत्रफलमा मात्र रोपाइँ भएको जिराभवानी गाउँपालिका–३ नौकाटोलाका किसान काशी राय थारुले बताए । उनका अनुसार बाँध, कुलो तथा भूमिगत सिँचाइको प्रयोग गरी केही किसानले रोपाइँ गरेका छन् ।

विद्युतबाट चल्ने भूमिगत सिँचाइ प्रयोग गर्ने किसानको खर्च कम भए पनि डिजेलबाट चल्ने पम्प (दमकल) प्रयोग गर्नुपर्ने किसानलाई ठूलो आर्थिक भार परेको उनले बताए । सेढवाका किसान प्रदीप चौधरीका अनुसार लामो समयदेखि वर्षा नपरेकाले जमिन अत्यधिक सुख्खा भएको र धेरै पानी सोस्ने भएकाले सिँचाइ खर्च बढेको छ ।

पेट्रोलियम पदार्थको मूल्य महँगो भएकाले एक बिघा खेतमा रोपाइँ गर्न मात्रै ४ हजारदेखि ६ हजार रुपैयाँसम्म डिजेल खर्च भएको उनले बताए । रोपाइँपछि पनि ५–७ दिनमै पुनः सिँचाइ गर्नुपर्ने अवस्था आएकाले किसानको लागत झन् बढेको छ ।

यस्तै, जगरनाथपुर गाउँपालिका–५ चिलझप्टीका किसान सुरेश यादवका अनुसार वर्षा अभावका कारण त्यस क्षेत्रमा ५ प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । भूमिगत सिँचाइको सुविधा नहुँदा किसान पूर्ण रूपमा वर्षामै निर्भर छन् ।

गण्डक नहरमा सिँचाइका लागि तीन–चार दिनअघि मात्रै पानी आएपछि अहिले केही किसानले रोपाइँ सुरु गरेका उनले जानकारी दिए। वर्षा अभावका कारण यस वर्ष पर्साका किसान समयमै धान रोप्न नपाउँदा उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...