Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

वीरगंजमा प्रथम अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

spot_img
spot_img

वीरगंज । विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले वीरगंज यूथ एकेडेमीको आयोजनामा ‘प्रथम वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताको सह–आयोजकका रूपमा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेको छ।

आयोजकका अनुसार प्रतियोगिता आगामी जेठ १८ गतेदेखि २५ गतेसम्म वीरगंजको आदर्शनगर फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा वीरगंजका विभिन्न विद्यालयका टोलीहरूको सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा जेठ १८ गते मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल र सफल विद्यालयबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी जेठ १९ गते बिकन र लिटल फ्लावर, जेठ २० गते मोडर्न र नवदीप तथा जेठ २१ गते साउथ जोन, काभेरी र अल्पाइन विद्यालयका टोलीहरूबीच प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको छ। विजेता टोलीहरू सेमिफाइनल हुँदै फाइनल चरणमा प्रवेश गर्नेछन् भने फाइनल खेल जेठ २५ गते हुनेछ।

प्रतियोगितालाई थप आकर्षक बनाउन समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले विशेष सहयोगको घोषणा गरेका छन्। उनले प्रतियोगिताभर प्रत्येक दिन उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताए।

उपाध्यायले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

वीरगंज यूथ एकेडेमीले वीरगंजमा फुटबल खेलको लोकप्रियता कायम राख्न तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय फुटबल गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...