Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

‘समता कर’ ले निजी विद्यालय र अभिभावकबीच विवाद बढ्न सक्छ : अधिवक्ता पटेल

spot_img
spot_img

वीरगंज । कानुन व्यवसायी अधिवक्ता चन्द्रिका पटेलले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षण संस्थामाथि लगाइएको ३ प्रतिशत ‘समता कर’ ले विभिन्न व्यावहारिक समस्या निम्त्याउन सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विश्वव्यापी रूपमा सरकारको आर्थिक नीतिको आधार “हुनेबाट लिने र नहुनेलाई दिने” रहेको उल्लेख गरेका छन् । सोही अवधारणाअनुसार सरकारले निजी शिक्षण संस्थाले बिल–विजक जारी गर्दा थप ३ प्रतिशत ‘समता कर’ उठाउने व्यवस्था गरेको र उक्त रकम शिक्षाको पहुँचबाट वञ्चित वर्गका लागि खर्च गर्ने लक्ष्य राखेको उनले बताए ।

उनका अनुसार यो कर निजी विद्यालयले आफ्नो तर्फबाट तिर्ने नभई अभिभावकले तिर्दै आएको शिक्षण शुल्कमा थप ३ प्रतिशत रकमका रूपमा संकलन गरिनेछ । विद्यालयहरूले उक्त रकम प्रत्येक चार–चार महिनामा सरकारलाई बुझाउने व्यवस्था गरिएको भन्दै उनले निजी विद्यालयहरू केवल कर संकलनकर्ताको भूमिकामा रहने स्पष्ट पारे ।

अधिवक्ता पटेलले नयाँ व्यवस्थाका कारण अभिभावक र विद्यालय व्यवस्थापनबीच अनावश्यक मनमुटाव बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । उनले अभिभावकहरूले शुल्क वृद्धि भएको भन्दै विद्यालयप्रति असन्तुष्टि जनाउन सक्ने तथा निजी विद्यालय सञ्चालकहरू नै ‘समता कर’ तिर्नुपर्ने मागसहित आन्दोलन हुन सक्ने सम्भावनासमेत औंल्याएका छन् ।

उनले करको उद्देश्य सकारात्मक भए पनि यसको कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने सामाजिक तथा प्रशासनिक जटिलताप्रति सरकार सचेत हुनुपर्ने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...