Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, चालु खर्चमै बढी हिस्सा (पूर्णपाठ सहित)

spot_img
spot_img

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९ दशमलव ८ प्रतिशत बजेट छुट्याइएको जानकारी दिनुभयो ।

त्यस्तै, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २० दशमलव ३ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको छ । सरकारले यो खर्च अनुमान चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशतले बढी रहेको जनाएको छ ।

सरकारले आगामी आवका लागि अनुमान गरिएको खर्च व्यवस्थापन गर्न राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ तथा वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । बाँकी अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोडमध्ये २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋणमार्फत जुटाइनेछ ।

त्यसैगरी, राजस्व तथा वैदेशिक सहायताबाट अपुग हुने ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गरिने सरकारले जनाएको छ । आगामी आर्थिक वर्ष २ खर्ब ४५ अर्ब ८९ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी हुने भएकाले खुद १ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ मात्र आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।

वित्तीय हस्तान्तरणअन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार प्रदेश सरकारलाई ६१ अर्ब ५० करोड रुपैयाँ तथा स्थानीय तहलाई ९० अर्ब २० करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान उपलब्ध गराइने भएको छ ।

पूर्वाधार आयोजना कार्यान्वयनका लागि प्रदेश तहमा ४ अर्ब ६० करोड रुपैयाँ र स्थानीय तहमा ८ अर्ब ९३ करोड रुपैयाँ समपूरक अनुदान उपलब्ध गराइने बजेटमा उल्लेख छ ।

त्यस्तै, प्रदेशका लागि ३ अर्ब ८२ करोड रुपैयाँ तथा स्थानीय तहका लागि ९ अर्ब ४० करोड रुपैयाँ विशेष अनुदान विनियोजन गरिएको छ ।

सङ्घीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश तहमा ४९ अर्ब ७२ करोड रुपैयाँ र स्थानीय तहमा २ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ सशर्त अनुदान वितरण गरिने भएको छ ।

प्रदेश तथा स्थानीय तहलाई राजस्व बाँडफाँटबाट कुल १ खर्ब ७५ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको सरकारले जनाएको छ । आगामी आवमा राजस्व बाँडफाँट, रोयल्टी तथा वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहमा ६ खर्ब रुपैयाँभन्दा बढी स्रोत परिचालन हुने प्रक्षेपण गरिएको छ ।

बजेटको पूर्णपाठ तलकाे लिंकमा हेर्न सकिन्छ ।

https://mof.gov.np/content/1741/budget-statement-for-the-financial-year-2083-84/

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...