Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अलौं प्रिमियम लिगको उपाधि अलौं किंगसलाई, पूर्व मेयर सरावगीद्वारा ट्रफी वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौंमा आयोजना गरिएको अलौं प्रिमियम लिग क्रिकेट प्रतियोगिताको उपाधि अलौं किंगसले जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा अलौं किंगसले अलौं बलास्टर्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । विजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले नगद ११ हजार रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै पूर्व मेयर सरावगीले खेलकुदले अनुशासन सिकाउनुका साथै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलले मानिसको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउनुका साथै आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमता विकास गर्न मद्दत गर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष सञ्जीव बहादुर क्षेत्री, रास्वपाका नेता सुधिर पटेल सहित स्थानीय भद्रभलादमी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...