Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

लिटिल बडी प्रि–स्कुलमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालयका निर्देशक विजय कुमार बलले बालबालिकामा सानैदेखि दाँतको सरसफाइ र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए । उनले चिकित्सकको सुझावले बालबालिकामा दन्त स्वास्थ्यसम्बन्धी सकारात्मक बानी विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

शिविरमा दन्त चिकित्सक डा. आमिर आलम र डा. भावना कुमारी झाले विद्यार्थीहरूको दाँत परीक्षण गर्नुका साथै अभिभावकलाई दन्त सरसफाइ, नियमित परीक्षण तथा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएका थिए ।

डा. झाले बालबालिकामा अत्यधिक गुलियो खाने बानीका कारण दाँतसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण गराउन अभिभावकलाई आग्रह गरिन् ।

विद्यालयकी सुप्रिया पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा करिब १५० जनाले सेवा लिएको विद्यालयले जनाएको छ । साथै शिविरमा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकलाई स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकमा थप उपचारमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

विद्यालयका मिडिया संयोजक दिपु कुमार वर्णवालका अनुसार विद्यालयले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...