Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

spot_img
spot_img

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु हो ।”

भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिने सापकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालको पर्यटन प्रवर्द्धन केवल प्रचार सामग्री वितरण गरेर मात्र सम्भव हुँदैन । भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने, सेवा र सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने काम आवश्यक छ । यही सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।”

यहाँ आयोजना गर्ने कार्यक्रममा भारतका विभिन्न सहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू सहभागी हुने उहाँको भनाइ छ । उहाँहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय पर्यटन सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा व्यावसायिक छलफल गर्नुहुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण तथा भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुनेछ ।

लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा जोड्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिने सापकोटाले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...