Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगंज पुगेका दुर्गा प्रसाईं होटलबाटै पक्राउ, समर्थकद्वारा नाराबाजी

spot_img
spot_img

वीरगंज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं साेमबार राति वीरगंजबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई पर्सा प्रहरी उनी रात्री बास बसेका सिद्धार्थ दियालाे हाेटलबाट नियन्त्रणमा लिएकाे हाे ।

उनी साेमबार दिउसाे वीरगंज आइपुगेका थिए ।  प्रसाईं वीरगंज आउने क्रममा सिमरा विमानस्थलमा उनका समर्थकहरूले भव्य स्वागत गरेका थिए । विमानस्थल परिसरमा समर्थकहरूले फूलमाला, नाराबाजी तथा स्वागत कार्यक्रममार्फत प्रसाईंप्रति समर्थन व्यक्त गरेका थिए ।

वीरगंज प्रवेशपछि विभिन्न स्थानमा उनका समर्थकहरूको चहलपहल बढेको थियाे । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायले वीरगंजका मुख्य क्षेत्रहरूमा निगरानी बढाएको थियाे ।

उनले साेमबार राति आफु बसेकाे हाेटल मै वीरगंजवासीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रममा प्रहरीले उनलाई नियन्त्रमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा लगेकाे छ । उनलाई प्रहरीले पक्राउ पुर्जी दिएपनि कुन कारणले पक्राउ गरेकाे हाे खुलाएकाे छैन् । यस बिषयमा बुझ्न पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेसंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

प्रसाईले मंगलबार बिहान १२:३० बजे वीरगंजको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरमा पूजा–पाठ गर्ने कार्यक्रम थियाे । उनी बसेको होटलबाट समर्थकहरूसँग पैदल यात्रा गर्दै मन्दिर दर्शनका लागि जाने कार्यक्रम तय गरिएको थियाे ।

पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय रहँदै आएका प्रसाईंको वीरगंज भ्रमणलाई उनका समर्थकहरूले विशेष महत्वका साथ हेरेका थिए । प्रसाई पक्राउ परेपछि उनका समर्थकहरुले आक्राेश पाेख्दै केही समय प्रधानमन्त्री बालेन्द्र साहविरुद्ध नाराबाजी समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...