Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंज पुगेका दुर्गा प्रसाईं होटलबाटै पक्राउ, समर्थकद्वारा नाराबाजी

spot_img
spot_img

वीरगंज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं साेमबार राति वीरगंजबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई पर्सा प्रहरी उनी रात्री बास बसेका सिद्धार्थ दियालाे हाेटलबाट नियन्त्रणमा लिएकाे हाे ।

उनी साेमबार दिउसाे वीरगंज आइपुगेका थिए ।  प्रसाईं वीरगंज आउने क्रममा सिमरा विमानस्थलमा उनका समर्थकहरूले भव्य स्वागत गरेका थिए । विमानस्थल परिसरमा समर्थकहरूले फूलमाला, नाराबाजी तथा स्वागत कार्यक्रममार्फत प्रसाईंप्रति समर्थन व्यक्त गरेका थिए ।

वीरगंज प्रवेशपछि विभिन्न स्थानमा उनका समर्थकहरूको चहलपहल बढेको थियाे । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायले वीरगंजका मुख्य क्षेत्रहरूमा निगरानी बढाएको थियाे ।

उनले साेमबार राति आफु बसेकाे हाेटल मै वीरगंजवासीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रममा प्रहरीले उनलाई नियन्त्रमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा लगेकाे छ । उनलाई प्रहरीले पक्राउ पुर्जी दिएपनि कुन कारणले पक्राउ गरेकाे हाे खुलाएकाे छैन् । यस बिषयमा बुझ्न पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेसंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

प्रसाईले मंगलबार बिहान १२:३० बजे वीरगंजको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरमा पूजा–पाठ गर्ने कार्यक्रम थियाे । उनी बसेको होटलबाट समर्थकहरूसँग पैदल यात्रा गर्दै मन्दिर दर्शनका लागि जाने कार्यक्रम तय गरिएको थियाे ।

पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय रहँदै आएका प्रसाईंको वीरगंज भ्रमणलाई उनका समर्थकहरूले विशेष महत्वका साथ हेरेका थिए । प्रसाई पक्राउ परेपछि उनका समर्थकहरुले आक्राेश पाेख्दै केही समय प्रधानमन्त्री बालेन्द्र साहविरुद्ध नाराबाजी समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...