Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

किन भयो हरिखेतान क्याम्पसमा लज्जास्पद घटना ? जिम्मेवार को ?

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चल्दै आएको विवाद बिहीबार दुर्व्यवहार र कुटाकुटको घटनामा परिणत भएको छ । क्याम्पस परिसरमै शिक्षकहरूबीच हातपात तथा क्याम्पस प्रमुखमाथि कालोमोसो दलिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार क्याम्पस प्रमुख किशोरी रायमाथि दुर्व्यवहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

प्रवक्ता बस्नेतले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरे पनि प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा क्याम्पसकै शिक्षक दिलिप प्रजापति र सह–लेखापाल देवलाल ठाकुर रहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा क्याम्पस प्रमुख राय र शिक्षक प्रजापतिबीच तानातान तथा लछारपछार भएको देखिन्छ । शिक्षण संस्थाभित्रै शिक्षकहरूबीच हात हालाहालको अवस्था सिर्जना भएपछि क्याम्पस प्रशासन र शैक्षिक वातावरणमाथि प्रश्न उठ्न थालेको छ ।

के हो विवादको कारण ?

हरिखेतान बहुमुखी क्याम्पसमा सञ्चालक समितिको हस्तक्षेप तथा निजीकरणको प्रयास भएको आरोप लगाउँदै विगत एक वर्षदेखि विवाद हुँदै आएको छ ।

पछिल्लो समय पुनः नियुक्त गरिएका क्याम्पस प्रमुख किशोरी राय र व्यवस्थापन समितिको मिलेमतोमा करारमा कार्यरत चार जना शिक्षकलाई सेवाबाट हटाउने निर्णय भएपछि विवाद झन् चर्किएको हो । क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोर प्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलिपकुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरोधमा शिक्षक तथा कर्मचारीहरूले क्याम्पसमा तालाबन्दी गर्नुका साथै धर्ना कार्यक्रम सञ्चालन गर्दै आएका थिए । क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि सहमति हुन नसक्दा विवाद बढ्दै गएको बताइएको छ । सोही क्रममा बिहीबार उनीमाथि दुर्व्यवहार भएको जनाइएको छ ।

घटनापछि केही समय क्याम्पस क्षेत्रमा तनावसमेत उत्पन्न भएको थियो ।

यस विषयमा प्रतिक्रिया लिन क्याम्पस प्रमुख किशोरी रायसँग फोन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । यस्तै, क्याम्पसका सल्लाहकार जयप्रकाश खेतानले घटना लज्जास्पद भएको प्रतिक्रिया दिएका छन् । उनले पनि घटना बारे क्याम्पस प्रमुखसँग बुझ्न वताए ।

घटनाकाे कारण बारे बुझ्न क्याम्पस संचालक समितिका अध्यक्ष प्रेम प्रकाश खेतानसँग सम्पर्क गर्न खोज्दा फोन नलागेको कारण सम्पर्क हुन सकेन । वीरगंज महानगरपालिकाका शिक्षा शाखाका प्रमुख आनन्द लामिक्षानेकाे प्रतिक्रिया लिन पनि फाेनमा सम्पर्क गर्दा उनकाे पनि फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

सामुदायिक क्याम्पसलाई खेतान परिवारले निजीकरण गर्न खोजेको आरोपसमेत लाग्दै आएको छ । संचालक समितिका अध्यक्ष विपी खेतान प्रायः काठमाडौंमै बस्ने, क्याम्पसमा कहिले नदेखिने तथा लामो समयदेखि जारी विवाद समाधानका लागि सक्रिय पहल नगरेको भन्दै अभिभावहरुले असन्तुष्टि जनाएका छन् । उनीहरूले यसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...