Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंज रास्वपाद्वारा आकस्मिक रक्तदान कार्यक्रम, १११ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा रगतको अभाव हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगंजमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

गर्मीयाम सुरु भएसँगै वीरगंज क्षेत्रमा रगतको कमी देखिन थालेपछि शनिबार स्थानीय क्लासिक बेन्क्वेटमा भएकाे कार्यक्रममा ७ महिला सहित १११ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

वीरगंज क्षेत्रमा बढ्दो रगत अभावको अवस्थामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । शिक्षाविद् मार्टिन मुक्तानको संयोजनमा सम्पन्न कार्यक्रममा राम लामा, तुल्सा पौडेल, दिलिप कुर्मी, सुदिश प्रजापती, बिन्दा कुमारी अन्सारी, राजकुमार सहनी, शेख मजीद, सुनिल कुमार चौधरीलगायतले रक्तदान गरेका थिए ।

रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापति मुना खनाल, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, रास्वपा पर्साका उपाध्यक्ष तुल्सा पौडेल, सचिव सुदिस प्रजापति, वीरगंज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ, युवराज केसरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सांसद पन्तले वीरगंज क्षेत्रमा रगत अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताए । उनले रक्तदान गर्ने व्यक्तिलाई कुनै घाटा नहुने तर लिनेको जीवन बचाउने भएकाले प्रत्येक तीन महिनामा रक्तदान गर्न सबैलाई आग्रह गरे ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले हाल वीरगंजस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा नारायणी अस्पताल लगायत विभिन्न अस्पतालकाे उपचारमा समस्या भइरहेको बताए । यस्तो अवस्थामा कार्यक्रम आयोजना गरी मानवता बलियो बनाएको भन्दै उनले रास्वपा पर्सा परिवारप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यसमिति महिला सदस्य मुना खनाल तथा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस, वीरगंज नर्सिङ क्याम्पस र हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले रक्तदान कार्यमा सहजीकरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...