Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजमा १३७औं अन्तर्राष्ट्रिय मजदुर दिवस विविध कार्यक्रमसहित मनाइयो

spot_img
spot_img

वीरगंज । १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गरी दिवस भव्य रूपमा मनाएको छ।

दिवसको अवसरमा शुक्रबार बिहान वीरगञ्जमा मोटरसाइकल र्‍याली आयोजना गरिएको थियो। र्‍याली सम्पन्न भएपछि संघको टोली “आमाको माया छात्रावास” पुगेर त्यहाँ आश्रित बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा छात्रावासका बालबालिकासँग केक काट्दै खुसी साटासाट गरिएको थियो। यसले मजदुर दिवसलाई सामाजिक सद्भाव र मानवताको सन्देशसँग जोड्न सफल भएको संघले जनाएको छ।

कार्यक्रम संघका अध्यक्ष सौरव बर्णवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गणेश साह, वरिष्ठ उपाध्यक्ष बिकाश कुशवाहा, उपाध्यक्ष अजय पटेल, सचिव बब्लु चौधरी, सह–सचिव गौरव पटेल, कोषाध्यक्ष दिपेन यादव, सह–कोषाध्यक्ष सिद्धार्थ पाण्डे लगायत सदस्यहरू सौरभ साह, अभिषेक गुप्ता, जाहिर आलम, राहुल गुप्ता तथा सल्लाहकारहरू रिकेश साह, श्याम चौहान, सचिन शाह कानु सहित अन्य साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संघका अनुसार, यस कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनुका साथै मजदुर दिवसको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...