Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

“१०० रुपैयाँभन्दा माथि सामानमा भन्सार: कडाइले सीमा क्षेत्रको दैनिकी कष्टकर”

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सीमा क्षेत्रमा लागू गरिएको “१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने” व्यवस्थाप्रति कडा असन्तुष्टि जनाएका छन् । सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमणबाट फर्किएपछि उनले उक्त नीति नागरिकमैत्री नभएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

थापाले सीमा क्षेत्रका नागरिकसँगको अन्तर्क्रियापछि आफू गहिरो छटपटी र आक्रोश लिएर फर्किएको उल्लेख गर्दै यो नीति व्यवहारिक नभएको बताएका छन् । उनका अनुसार, सानो सामानका कारण पनि सर्वसाधारणले घण्टौँसम्म सीमा नाकामा रोकिनुपर्ने अवस्था सिर्जना भएको छ ।

उनले उदाहरण दिँदै भने, “बिहान कामका लागि सीमा पार गर्ने एक मजदुरलाई एउटा बिस्कुटको प्याकेटकै कारण दुई घण्टा रोकिनुपर्‍यो ।” त्यस्तै, एक स्थानीय महिलाले पहिले सम्मानका साथ सीमा पार गर्ने अवस्था रहे पनि अहिले डरका साथ आवतजावत गर्नुपर्ने बाध्यता आएको गुनासो व्यक्त गरेको उनले बताए ।

थापाले यो व्यवस्था नयाँ नभए पनि विगतमा व्यवहारिकताको अभावका कारण लागू नगरिएको स्पष्ट पारे । उनले आफ्नो पार्टी नेतृत्वको सरकारका पालामा समेत यसलाई लागू नगरेको तर समयमै सुधार गर्न नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् ।

उनका अनुसार, यो नीति मधेस क्षेत्रको दैनिकीमाथि “हेपाहा नीति” जस्तै बनेको छ । यसले नियमित आवतजावतलाई शंकामा परिणत गरेको र नागरिकको सम्मानमा चोट पुर्‍याएको उनले आरोप लगाए । साथै, भन्सार विभागकै अनुसार यसबाट उल्लेखनीय राजस्व संकलन नहुने भए पनि सर्वसाधारणलाई अनावश्यक दुःख दिइएको उनको भनाइ छ ।

थापाले सरकारसँग उक्त निर्णय तत्काल खारेज गर्न, र सीमा क्षेत्रमा पहिलेको जस्तै सहज आवतजावत सुनिश्चित गर्न माग गरेका छन् । उनले सीमा क्षेत्रलाई राष्ट्रको संवेदनशील भाग भएको उल्लेख गर्दै त्यहाँका नागरिकलाई नीति मार्फत सजाय दिन नहुने चेतावनी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...