Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

२५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ

spot_img
spot_img

वीरगंज । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ परेका छन् ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारत विहार, जिल्ला वेतीया थाना बगाहा निवासी ३० वर्षीय विकास शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

आइतबार दिउँसो करिब ३ बजे वीरगंज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट लुकिछिपी बस्दै आएका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

शर्मा ‘Zen-Z’ आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए । उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएको थियो । प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गतेदेखि फरार रहेका थिए ।

पक्राउ परेका शर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक बस्नेतले फरार अभियुक्तको खोजी तथा नियन्त्रण कार्यलाई तीव्र बनाइएको जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...