Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पर्सामा अवैध साल काठसहित ट्याक्टर बरामद, एक जना नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको साल काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ । सबैया सब डिभिजन वन कार्यालयको टोलीले उक्त कारबाही गरेको हो ।

आइतबार बिहान प्राप्त सूचनाका आधारमा वीरगंज महानगरपालिका वडा नं. ३१ स्थित मिलन चोकमा सबैया सब डिभिजन वन कार्यालय र सबैया साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले प्रदेश २–०३–००१ त १५७५ नम्बरको ट्याक्टरसहित साल काठ बरामद गरेको हो।

सो क्रममा वीरगंज महानगरपालिका वडा नं. २९ मुसौलीका कृष्ण प्रसाद साहलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका साह र बरामद गरिएको काठसहित ट्याक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सा पठाइएको जनाइएको छ ।

सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकायका अनुसार बरामद गरिएको २४ फिट साल काठ र ट्याक्टरसहित करिब १५ लाख रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको हो।

हाल नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई थप अनुसन्धान तथा कारबाहीका लागि सबैया सब डिभिजन वन कार्यालय सबैयामा राखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...