Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

spot_img
spot_img

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक शक्ति युवा क्लब लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

परवानीपुर खेल मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएसँगै खेल रोमाञ्चक बनेको थियो । खेलको ५६औँ मिनेटमा निजगढका शन्तबहादुर गुरुङ ले पहिलो गोल गरेका थिए भने ५९औँ मिनेटमा उनले नै दोस्रो गोल थप्दै टोलीलाई बलियो अग्रता दिलाए ।

अन्तिम समयमा थपिएको अतिरिक्त ६ मिनेटको खेलको अन्त्यतिर सृजन क्षेत्री ले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

खेलको ‘म्यान अफ दि म्याच’ शन्तबहादुर गुरुङ घोषित हुँदै नगद २१ सयसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे। बेस्ट प्रशिक्षकको पुरस्कार सन्तोष गुरुङ, बेस्ट गोलकिपर युनिस चौधरी, बेस्ट फरवार्ड बिक्रम थोकर र बेस्ट मिडफिल्डर अजित चौधरी ले प्राप्त गरे ।

त्यसैगरी ‘म्यान अफ द सिरिज’ सन्दीप यादव घोषित हुँदै नगद ५१ सयसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

उपाधि विजेता निजगढ फुटबल क्लबले नगद २ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो । उक्त पुरस्कार रामक्षत्री प्रसाद कुर्मी ले वितरण गरेका थिए । उपविजेता शक्ति युवा क्लबले नगद १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो, जुन राधाकृष्ण साह रौनियार ले वितरण गरेका थिए ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लब अध्यक्ष सुबोध श्रीवास्तवले गरेका थिए भने विभिन्न विधाका पुरस्कार हेमन्त चौरसीया ले वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...