Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र पशुपति आदर्श क्लबको सहयोगमा सम्पन्न कार्यक्रममा २ महिलासहित कुल ३९ जनाले रगत दान गरेका हुन्।

कार्यक्रमको उद्घाटन पर्सा–२ का सांसद सुशील साह कानुले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। कार्यक्रममा सन्तोष कानु, लखनलाल गुप्ता, जितेन्द्र सर्राफ, डा. उमेश कुशवाहा, अमृत नगरकोटी, राजबाबु गुप्ता, रोशन कुमर्मी, श्यामबाबु कलवार, जितेन्द्र कुशवाहा, रामनारायण साह, कन्हैया सर्राफ लगायतले पनि रक्तदान गरेका थिए।

वीरगंज–१० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैसीको अध्यक्षता तथा सांसद कानुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महत्वपूर्ण सहमति समेत भएको छ। वडाबासीलाई आवश्यक पर्दा रगत सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र वडा नम्बर १० को वडा कार्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार रक्त सञ्चार केन्द्रबाट रगत लिँदा लाग्ने शुल्क वडा कार्यालयले व्यहोर्नेछ। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका राजन श्रीवास्तवले वडाबासीलाई निःशुल्क र सहज रूपमा रगत उपलब्ध गराउने लक्ष्यसहित सहकार्य गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे, वडा सदस्यहरू प्रभु महतो, मिश्रादेवी नगरकोटी, प्रमिला देवी, वडा कार्यालयका सचिव पवन प्रधान, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता लगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...