Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा अवैध ईभी स्कुटरमाथि प्रहरी कडाइ, दुई दिनमै ३५ वटा नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । भारतबाट खरिद गरी नम्बर प्लेटबिना सञ्चालनमा रहेका ईभी (इलेक्ट्रिक) स्कुटरमाथि पर्सा प्रहरीले कडाइ सुरु गरेको छ।

पछिल्ला दिनहरूमा नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले सर्वसाधारणले यस्ता स्कुटरहरू किनेर प्रयोग गर्न थालेपछि प्रहरीले निगरानी बढाउँदै कारबाही थालेको हो । दुई दिनको अवधिमा पर्सा प्रहरीले विल तथा नम्बर प्लेटबिनाका ३५ वटा ईभी स्कुटर नियन्त्रणमा लिएको जनाएको छ।

यसैक्रममा, ट्राफिक प्रहरी कार्यालय वीरगंजले शुक्रबार चेकिङ अभियान सञ्चालन गर्दै १३ वटा नम्बर प्लेटबिहीन ईभी स्कुटर नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालय वीरगंजका वरिष्ठ सई अर्जुन सोडारीका अनुसार चेकजाँचका क्रममा बिना नम्बर प्लेट सञ्चालनमा रहेका स्कुटरहरू फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक युवराज कटवालको नेतृत्वमा खटिएको टोलीले ती स्कुटरहरू नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सबै स्कुटरहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक कटवालले जानकारी दिए ।

प्रहरीका अनुसार नम्बर प्लेटबिना सञ्चालनमा रहेका सवारी साधनबाट दुर्घटना गराएर फरार हुने जोखिम उच्च हुने गर्दछ । साथै, भन्सार प्रक्रिया पूरा नगरी भारतबाट अवैध रूपमा ल्याइएका यस्ता सवारी साधन खुल्ला रूपमा सडकमा सञ्चालनमा रहेकाले निगरानी कडा पारिएको हो ।

यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको टोलीले बिहीबार विभिन्न नाकाबाट २२ वटा ईभी स्कुटर बरामद गरेको थियो । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाका, वडा नं. २५ स्थित सिर्सिया नाका तथा बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठा नाकाबाट ती स्कुटरहरू फेला पारेको जनाएको छ।

ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता अवैध सवारी साधनविरुद्ध नियमित रूपमा चेकजाँच अभियानलाई थप कडा बनाउने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...