Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

परवानीपुर गोल्डकपमा महिला मैत्रीपूर्ण खेल : वीरगंज युथ एकेडेमी विजयी

spot_img
spot_img

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न महिला मैत्रीपूर्ण खेलमा वीरगन्ज युथ एकेडेमी विजयी भएको छ।

परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा वीरगन्ज युथ एकेडेमीले निजगढ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। खेलको २५ औं मिनेटमा वीरगन्ज युथ एकेडेमीकी खेलाडी संगीता थिङले गरेको गोल नै निर्णायक बनेको थियो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत संगीता थिङ ‘म्यान अफ दि म्याच’ घोषित भइन्। उनले नगद २१०० रुपैयाँ पुरस्कार प्राप्त गरिन्। उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य रहबर अन्सारीले पुरस्कार प्रदान गरेका थिए।

यसैबीच, प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक शक्ति युवा क्लब र निजगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अन्सारीले प्रतियोगिताको उद्घाटन गरेका थिए। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन भइरहेको पाँचौं परवानीपुर गोल्डकप–२०८३ करिब १७ लाख रुपैयाँको लागतमा आयोजना गरिएको सह–संयोजक दिपक यादवले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टोलीलाई २ लाख रुपैयाँ र उपविजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट डिफेन्डर, फरवार्ड, दैनिक उत्कृष्ट खेलाडी तथा प्रतियोगिताभरिका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले बताए। प्रतियोगिताभरिका उत्कृष्ट खेलाडीलाई ५१०० रुपैयाँ नगद पुरस्कार दिइनेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...