Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंज सडक विस्तार : २४ घण्टामै १२ सय संरचना भत्काइयो, निर्माण सम्पन्न हुन दुई वर्ष लाग्ने

सडक डिभिजनसंग डिपिआर बनाउन पनि बजेट छैन्, सडक निर्माणकाे लागि बजेट माग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ।

आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको अभियान सोमबारसम्ममा सम्पन्न भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ। त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि नेपाल–भारत मितेरी पुलसम्मको सडक खण्डमा रहेका करिब १ हजार २ सय घरटहरामा दुई दिनभित्रै डोजर चलाइएको कार्यालयले जानकारी दिएको छ।

कार्यालयकी इन्जिनियर दिलासा तिवारीका अनुसार भत्काइएका संरचनाबाट निस्किएको फोहोर छिट्टै व्यवस्थापन गर्ने तयारी भइरहेको छ । उनका अनुसार सडक निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न विभागअन्तर्गतकै उत्तर–दक्षिण आयोजना निर्देशनालयलाई आग्रह गरिएको छ।

उनले भनिन्, “हाल बजेट अभावका कारण डिपिआर तयारी प्रक्रियामा छौं । डिपिआर तयार भएपछि मात्रै केन्द्रबाट बजेट प्राप्त हुन्छ र त्यसपछि निर्माण कार्य अघि बढ्छ।”

केन्द्र सरकारबाट बजेट प्राप्त भएपछि गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डमा ६ लेनको सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने उनले बताइन् । सडक डिभिजन कार्यालयका अनुसार डिपिआर तयार हुन ३ देखि ४ महिना लाग्नेछ भने आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने सम्भावना रहेको छ । निर्माण कार्य सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने अनुमान गरिएको छ।

कार्यालयका अनुसार भत्काइएका संरचनाको फोहोर व्यवस्थापन कार्य एक हप्ताभित्र सुरु गरिनेछ। सडक निर्माण कार्य सुरु अर्काे आर्थिक बर्षदेखि गरिने छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै त्रिभुवन राजपथअन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रभित्रका संरचना १२ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २४ घण्टामै अधिकांश संरचना हटाइएको जनाइएको छ ।

वीरगंज मुख्य सडककाे दायाँबायाँकाे संरचनामा डाेजर चलेपछि यहाँका मुख्य बजार नै प्रभावित भएका छन् । डाेजरबाट भत्काइएका संरचनाहरुकाे सरफाइ नहुँदा वीरगंज मुख्य बजार क्षेत्र खण्डरमा परिणत भएकाे देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...