Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंजमा अवैध असुलीविरुद्ध अनुगमन, १३ स्थानका ढाटबाट रसिद नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा आइतबार वीरगंजस्थित त्रिभुवन राजमार्ग क्षेत्रमा भइरहेको अवैध असुलीविरुद्ध अनुगमन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालसहित पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक लगायतको सहभागिता रहेको अनुगमन टोलीले वीरगंज ड्राइपोर्ट, बहुअरी, जगरनाथपुर, परवानीपुर लगायतका १३ स्थानमा सञ्चालन हुँदै आएका ढाटहरूबाट कबाडी कर र सवारी करका रसिदका ठेलीहरू नियन्त्रणमा लिएको हो।

अनुगमन टोलीले राजमार्गमा कुनै किसिमको अवैध असुली नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी समेत दिएको जनाएको छ।

एकीकृत जाँच चौकी (आईसीपी) वीरगंजबाट बाहिरिने मालवाहक सवारीसाधनबाट अवैध रूपमा रकम असुली हुँदै आएको विषयमा कालिका टाइम्स लगायत केही सञ्चारमाध्यमहरूले निरन्तर समाचार प्रकाशन गर्दै आएका थिए। त्यसपछि पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले प्रमुख जिल्ला अधिकारीसँग फोनमार्फत कुराकानी गर्दै अवैध असुली रोक्न समेत निर्देशन दिएका थिए।

ड्राइपोर्टदेखि परवानीपुरसम्म विभिन्न स्थानमा गुम्ती राखेर ‘कबाडी कर’, ‘ढाट’ तथा ‘सवारी व्यवस्थापन शुल्क’ जस्ता नाममा जबर्जस्ती रकम उठाइँदै आएको स्थानीयहरूले बताएका छन्।

अमित ठेक्का पट्टा र प्रभु कन्स्ट्रक्सनले लामो समयदेखि मालवाहक ट्रक, बस, ट्याक्टर तथा अन्य सवारीसाधनबाट अवैध रूपमा रकम असुल्दै आएका थिए। अहिलेको अनुगमनपछि यस्तो गतिविधि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...