Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

पर्साका ३ सांसदले भोजपुरीमा शपथ लिने, एक जनाले नेपाली रोजे

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्साका चार जना प्रतिनिधिसभा सदस्यमध्ये तीन जनाले भोजपुरी भाषामा र एक जनाले नेपाली भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

- Advertisement -

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद (हरि) पन्त, क्षेत्र नम्बर २ का सुशील कुमार कानु र क्षेत्र नम्बर ४ का टेक बहादुर शाक्यले भोजपुरी भाषामा शपथ लिने निर्णय गरेका छन् । भने, क्षेत्र नम्बर ३ बाट निर्वाचित रामाकान्त प्रसाद चौरसियाले नेपाली भाषा रोजेका छन् ।

पन्तले आफ्नो मातृभाषा नेपाली भए पनि आफू निर्वाचित भएको क्षेत्रको भाषिक पहिचानलाई सम्मान गर्दै भोजपुरीमा शपथ लिने निर्णय गरेको बताएका छन् । “मेरो मातृभाषा नेपाली भए पनि मेरो कर्मभूमिको आत्मा भोजपुरीमा बसेको छ,” उनले भने ।

सुशील कुमार कानुको मातृभाषा नै भोजपुरी भएकाले उनले यसलाई आफ्नो पहिचानसँग जोड्दै तराई–मधेसको भाषालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयासका रूपमा लिएका छन् ।

त्यस्तै, टेक बहादुर शाक्यले पनि भोजपुरी बाहुल्य क्षेत्रबाट निर्वाचित भएकाले समर्थकहरूको सल्लाहमा भोजपुरी भाषा रोजेको जनाइएको छ । यद्यपि, उनलाई प्रत्यक्ष सम्पर्क गर्न नसकिए पनि उनका नजिकका पशुराम साहका अनुसार शाक्यले भोजपुरीमै शपथ लिने तयारी गरेका छन् ।

यता, रामाकान्त प्रसाद चौरसियाले आफ्नो मातृभाषा भोजपुरी भए पनि नेपालीमै शपथ लिने बताएका छन् ।

यसपटकको शपथ ग्रहण कार्यक्रममा करिब ४० भन्दा बढी सांसदहरूले नेपालीबाहेक विभिन्न मातृभाषा वा रुचिको भाषामा शपथ लिने भएका छन् । भोजपुरीसँगै नेपाल भाषा (नेवा:), मैथिली, डोटेली, थारु, तामाङ, बज्जिका, संस्कृत र बान्तवा लगायतका भाषाहरू प्रयोग हुने जनाइएको छ ।

शपथ ग्रहण कार्यक्रम आज चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुँदैछ । कार्यक्रमलाई समावेशी र बहुभाषिक बनाउने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। सिआइबीका...

दुसाद समाजको नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी टोलमा अन्तर्राष्ट्रिय दुसाद समाजको पहलमा नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पासवान...

ओली पक्राउको विरोधमा वीरगंजमा एमालेको प्रदर्शन, तत्काल रिहाइको माग

वीरगंज । केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले शनिबार वीरगंजमा प्रदर्शन गरेका छन्। अध्यक्ष ओलीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि...