Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

ओली अस्पतालमा भर्ना, रमेश लेखक पुनः हिरासतमा फर्काइए

spot_img
spot_img

काठमाडौँ । केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् भने पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले पुनः हिरासतमा फर्काएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार लेखकलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगिएको थियो । परीक्षणपछि उनलाई महाराजगञ्जस्थित प्रहरीको नम्बर–२ गणमा राखिएको जानकारी दिइएको छ।

शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा परीक्षणका रिपोर्टहरूको प्रतीक्षा भइरहँदा उहाँलाई भर्ना गरिएको हो।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ओलीको आधारभूत स्वास्थ्य परीक्षणहरू भइरहेको छ। “दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका र ज्येष्ठ उमेरका कारण चिकित्सकहरूले रिपोर्ट आउनुअघि नै भर्ना गरेका हुन्,” उनले बताए।

उनका अनुसार ओलीमा मुटुसम्बन्धी परीक्षणहरू समेत गरिएको छ र रिपोर्ट राम्रो आएमा अस्पतालमा राख्न आवश्यक नपर्ने, अन्यथा उपचार जारी रहनेछ। अस्पतालले मध्याह्नसम्म परीक्षणको नतिजा आउने अपेक्षा गरेको जनाएको छ।

यसैबीच, प्रहरीका अनुसार बाँकी कानुनी प्रक्रिया ओलीको स्वास्थ्य अवस्था, चिकित्सकको सल्लाह र कानुनी व्यवस्थाअनुसार अघि बढाइनेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...