Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

जिराभवानीमा बुहारीको कुटपिटबाट ५५ वर्षीया महिलाको मृत्यु, दुई जना पक्राउ

spot_img
spot_img

सेढवा । जिराभवानी गाउँपालिका मा कुटपिटका कारण एक वृद्ध महिलाको मृत्यु भएको घटना सार्वजनिक भएको छ।

जिराभवानी गाउँपालिका–१, पिपरा टोल निवासी स्वर्गीय सुरेश श्रीवास्तवकी श्रीमती करिब ५५ वर्षीया सायदा श्रीवास्तवको आफ्नै बुहारीको कुटपिटबाट आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी २६ वर्षीया बुहारी पिंकी देवी र उनका मामा पक्षकी १६ वर्षीया गायत्री कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो।

स्थानीयका अनुसार मृतक सायदा र उनकी बुहारी पिंकीबीच लामो समयदेखि विवाद तथा झैझगडा हुँदै आएको थियो।

मृतक सायदाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...