Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

मधेशमा बालेन लहर: कांग्रेस सभापति सहित मधेशी दलका अध्यक्षहरु समेत पराजित

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका ८ जिल्लामा रहेका ३२ निर्वाचन क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार बाँकीमध्ये एक क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ भने अर्को एक क्षेत्रमा मतगणना जारी रहेको छ।

निर्वाचन आयोगका अनुसार रौतहट क्षेत्र नम्बर–२ र धनुषा क्षेत्र नम्बर–१ बाहेक अन्य सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले विजय हासिल गरेका छन् । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेश प्रदेशका मधेशी दलका अध्यक्ष सहित सबै उम्मेदवारहरू भने पराजित भएका छन् ।

‘अबकी बार बालेन सरकार’ भन्ने नाराको प्रभावका कारण ‘जय मधेश’ को नारा ओझेलमा परेको विश्लेषण गरिएको छ। यसका कारण मधेश केन्द्रित दलका शीर्ष नेताहरू समेत चुनाव जित्न असफल भएका छन्।

सर्लाही क्षेत्र नम्बर–४ बाट चुनाव लडेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि पराजित भएका छन्। उनलाई रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले झण्डै १३ हजार मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै सप्तरी क्षेत्र नम्बर–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (डा. सीके राउत) पनि पराजित भएका छन्। उनलाई रास्वपाका उम्मेदवार रामजी यादवले १८ हजारभन्दा बढी मतान्तरले हराएका छन्।

यसैगरी सप्तरी क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पराजित भएका छन्। उनलाई रास्वपाका उम्मेदवार अमरकान्त चौधरीले १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

यादव यसअघि जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भएका थिए भने त्यसपछि उपनिर्वाचनमार्फत बारा क्षेत्र नम्बर–२ बाट विजयी भएका थिए । यसपटक भने निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव लडे पनि जित हासिल गर्न सकेनन्।

त्यस्तै रौतहट क्षेत्र नम्बर–३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि पराजित भएका छन् । उनलाई रास्वपाका उम्मेदवार रविन्द्र पटेलले १७ हजारभन्दा बढी मतान्तरले हराएका हुन् । लगातार चार निर्वाचन जित्दै आएका साह यसपटक भने पराजित भएका छन्।

यस निर्वाचनमा मधेश केन्द्रित दलहरूले प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार उठाए पनि कुनै पनि दलले प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्न नसकेको देखिएको छ । यसका साथै यसपालिकाकाे निर्वाचनमा मधेश प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि एउटा समेत सिट जित्न सकेका छैनन् । कांग्रेसले राैतहटकाे क्षेत्र नं. २ मा एउटा जित्न सफल भएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...