Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

पर्सागढी ६ मा रिमा यादवको घरदैलो, स्थानियद्वारा भव्य स्वागत

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले पर्सागढी नगरपालिका वडा नम्बर–६ अन्तर्गत चैनपुर, बागेश्वरी र तित्रौना टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताइन्। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा आएको हुँ,” उनले भनिन्।

कार्यक्रममा एमालेका क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा तथा महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी नेताहरूले रिमा यादवलाई जिताउन एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो टोलीले घरघर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै विकास निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको जनाएको छ। स्थानीय बासिन्दाले विकासमुखी योजना कार्यान्वयन भए समर्थन गर्ने प्रतिक्रिया दिएका थिए।

अभियानपछि आयोजित संक्षिप्त कार्यक्रममा नेताहरूले पर्सा–२ मा एमालेप्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे। एमाले पर्सा–२ का अनुसार यादवको घरदैलो कार्यक्रम अन्य वडा तथा टोलहरूमा पनि निरन्तर सञ्चालन हुनेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...