Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

वीरगंजका ‘ड्रिम प्रोजेक्ट’ अघि सार्दै जनमत पार्टीका ओमप्रकाश सर्राफद्वारा संकल्प पत्र सार्वजनिक

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको संकल्प पत्रमा उनले वीरगंजकाे समग्र विकास, रोजगारी सृजना र सुशासनलाई प्राथमिकतामा राखेको बताएका छन् ।

संकल्प पत्र सार्वजनिक गर्दै सर्राफले जनताको प्रत्यक्ष सहभागिता र सहकार्यबाट परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे । “व्यवसाय, समाजसेवा र जनसम्पर्कको अनुभवले मलाई विकासका लागि जनसहभागिता अनिवार्य भएको स्पष्ट बोध गराएको छ,” उनले भने ।

उनले वीरगंजलाई रोजगारीयुक्त, व्यवस्थित र समृद्ध शहर बनाउने प्रतिबद्धता जनाउँदै बेरोजगारी, कमजोर स्वास्थ्य सेवा, अव्यवस्थित सडक, फोहोर व्यवस्थापन तथा भ्रष्टाचारजस्ता समस्यालाई समाधान गर्ने लक्ष्य राखेको बताए ।

संकल्प पत्रमा सर्राफले आफ्नो नीतिगत पहलअन्तर्गत ‘ड्रिम प्रोजेक्ट’ समेत अघि सारेका छन् । जसअन्तर्गत लामो समयदेखि अधुरो रहेको नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक क्रिकेट तथा बहुउद्देश्यीय रंगशालाको रूपमा विकास गर्ने योजना उल्लेख गरिएको छ । उनले नेपाली क्रिकेटले टी–२० विश्वकप २०२६ मा नयाँ पहिचान बनाएको सन्दर्भ जोड्दै वीरगंजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।

यस्तै, वीरगंजकाे जीवनरेखा मानिने सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन आधुनिक ढल तथा फोहोर प्रशोधन प्रणाली, उद्योगजन्य प्रदूषण नियन्त्रण, नदी किनार हरियाली र दीर्घकालीन सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ नारायणी अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक र सुविधासम्पन्न स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गर्दै वीरगंजलाई प्रदेशकै प्रमुख स्वास्थ्य हब बनाउने लक्ष्य राखिएको संकल्प पत्रमा उल्लेख छ ।

संकल्प पत्रको अन्त्यमा सर्राफले मतदातालाई “लाउडस्पिकर हर्न” चुनाव चिह्नमा मतदान गरी विजयी बनाउन आग्रह गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा प्रथम अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

वीरगंज । विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले वीरगंज यूथ एकेडेमीको आयोजनामा ‘प्रथम वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको...

वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा एक हजार बिरुवा रोपण

वीरगंज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंजस्थित वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न...

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइको परराष्ट्रद्वारा बचाउ

काठमाडौं । नेपाल–भारत सीमाका विषयमा सम्माननीय प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको भनाइबारे उठेका जिज्ञासाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयका प्रवक्ताले आइतबार जारी...