Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

वीरगंज १७ मा अशोक टेमानीको घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले विकास, समृद्धि र स्वाभिमानको मूल एजेन्डासहित घरदैलो अभियानलाई तीव्रता दिएका छन्। चुनावी प्रचार–प्रसार कार्यक्रमअन्तर्गत उनले वीरगंज महागरपालिकाकाे वडा नं. १७ मा टोल–टोल पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलोका क्रममा स्थानीयहरूले वर्षौंदेखि भोग्दै आएका डुबान, खानेपानी अभाव, ढल निकास समस्या, शिक्षा तथा स्वास्थ्य सेवाको कमजोरीजस्ता विषय उठाएका थिए। विशेषगरी वर्षायाममा सामान्य वर्षा हुँदा पनि सडक तथा घरआँगन जलमग्न हुने समस्या यहाँका बासिन्दाका लागि मुख्य चुनौती बनेको गुनासो गरिएको छ। व्यवस्थित नाला तथा ढल निकास नहुँदा वर्षेनी डुबान दोहोरिने गरेको स्थानीयहरूको भनाइ थियो।

खानेपानीको अभाव अर्को गम्भीर समस्या रहेको जनाउँदै स्थानीयहरूले नियमित रूपमा धारामा पानी नआउने, ट्यांकरको भर पर्नुपर्ने अवस्था र शुद्ध पिउने पानीको दीर्घकालीन व्यवस्थापन नहुँदा जनजीवन प्रभावित भएको बताएका छन्। साथै, स्वास्थ्य चौकीको स्तरोन्नति, औषधि अभाव तथा दक्ष जनशक्तिको कमीले सामान्य उपचारका लागि समेत टाढा धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरिएको छ।

संवादका क्रममा शिक्षा क्षेत्रका समस्या पनि उठाइए। सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव, गुणस्तरीय शिक्षण–सिकाइको कमी र पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरूको भविष्य प्रभावित भइरहेको अभिभावकहरूले बताएका छन्। कृषि क्षेत्रमा सिंचाइ सुविधा, मल–बीउको उपलब्धता र बजार व्यवस्थापनमा समस्या रहेको भन्दै राज्यको ध्यानाकर्षण गराइएको थियो।

स्थानीयहरूको गुनासो सुनेपछि उम्मेदवार टेमानीले आधारभूत समस्या समाधानलाई पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे।
“खानेपानी, ढल निकास र सडक पूर्वाधार सुधार नगरी समृद्धिको कुरा गर्न सकिँदैन,” उनले भने, “जनताको समस्या नजिकबाट बुझेर त्यसको समाधानका लागि संसदमा सशक्त आवाज उठाउनेछु।”

टेमानीले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याउने, कृषि उत्पादन प्रवर्द्धनका लागि आवश्यक नीति निर्माणमा पहल गर्ने तथा डुबान समस्या समाधानका लागि दीर्घकालीन जलनिकास योजना अघि बढाउने प्रतिवद्धता जनाए। उनले जनताको विश्वास र साथ नै आफ्नो शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सहयोग गर्न अपिल समेत गरे।

घरदैलो अभियानमा स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। प्रत्यक्ष संवादमार्फत उम्मेदवारले जनतासँग विश्वास निर्माण गर्ने प्रयास गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...