Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सा–४ का उम्मेदवार रमेश रिजालद्वारा ठोरी–१ मा घरदैलो अभियान

spot_img
spot_img

सेढवा । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेस उम्मेदवार रमेश रिजालले ठोरी गाउँपालिका वडा नम्बर–१ अन्तर्गतका विभिन्न गाउँबस्तीमा सोमबारदेखि घरदैलो अभियान सुरु गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ।

उम्मेदवार रिजालले लोकतन्त्रको संरक्षण र जनमुखी नीतिको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई सशक्त विकल्पका रूपमा प्रस्तुत गरे। केन्द्रीय नेतृत्व परिवर्तनसँगै देशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासले गति लिने दाबी गर्दै उनले बहुमतको सरकार गठनका लागि मतदातासँग समर्थन मागे।

“जनताको घर–आँगनमै पुगेर यहाँका समस्या र पीडा बुझ्ने प्रयास गरेको छु। पर्सा क्षेत्र नम्बर–४ लाई विकासको नयाँ उचाइमा पुर्‍याउन कांग्रेसको नेतृत्व आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा ठोस योजना सहित म प्रतिबद्ध छु,” उनले भने।

घरदैलो अभियान आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न गाउँ तथा टोलमा निरन्तर सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा स्थानीय मतदाताले उम्मेदवार रिजाललाई टीका, खादा तथा फूलमालाले स्वागत गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...