Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–४ का उम्मेदवार रमेश रिजालद्वारा ठोरी–१ मा घरदैलो अभियान

spot_img
spot_img

सेढवा । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेस उम्मेदवार रमेश रिजालले ठोरी गाउँपालिका वडा नम्बर–१ अन्तर्गतका विभिन्न गाउँबस्तीमा सोमबारदेखि घरदैलो अभियान सुरु गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ।

उम्मेदवार रिजालले लोकतन्त्रको संरक्षण र जनमुखी नीतिको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई सशक्त विकल्पका रूपमा प्रस्तुत गरे। केन्द्रीय नेतृत्व परिवर्तनसँगै देशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासले गति लिने दाबी गर्दै उनले बहुमतको सरकार गठनका लागि मतदातासँग समर्थन मागे।

“जनताको घर–आँगनमै पुगेर यहाँका समस्या र पीडा बुझ्ने प्रयास गरेको छु। पर्सा क्षेत्र नम्बर–४ लाई विकासको नयाँ उचाइमा पुर्‍याउन कांग्रेसको नेतृत्व आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा ठोस योजना सहित म प्रतिबद्ध छु,” उनले भने।

घरदैलो अभियान आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न गाउँ तथा टोलमा निरन्तर सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा स्थानीय मतदाताले उम्मेदवार रिजाललाई टीका, खादा तथा फूलमालाले स्वागत गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...