Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानी मन्दिरमा महाशिवरात्रिदेखि एक साताको मेला सुरु

भक्तजनको भीड र स्थानीय परम्पराको जीवंतता

spot_img
spot_img

सेढवा । पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जिराभवानी मन्दिरमा आजदेखि महाशिवरात्रि अवसरमा एक साताको मेला सुरु भएको छ। जिराभवानी गाउँपालिका वडा नं. १ र २ को दोसाँधमा रहेको मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भिड लागेको थियो।

भक्तजनहरूले जल, प्रसाद, फूल, गांजा र किसानले उत्पादन गरेको धानको मुरला चढाएर पूजा अर्चना गरे। भीड नियन्त्रणका लागि मन्दिर संरक्षण समितिले स्वयंसेवक, जनपद प्रहरी र शस्त्र प्रहरी समेत परिचालन गरेका थिए। मन्दिरमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन जिल्लाका साथै भारतको बिहार र उत्तर प्रदेशका भक्तजनहरू समेत दर्शन गर्न आउने गरेका छन्।

जिराभवानी मन्दिर करिब ४०० वर्ष पुरानो प्राचीन स्थल हो। प्रारम्भमा मन्दिर क्षेत्र जंगलले घेरिएको थियो र थारु समुदायको बसोबास थियो। परम्पराअनुसार, ग्रामिण किसानहरूले आफ्नो मुख्य बाली धानको केही अंश मन्दिरमा अर्पण गर्ने चलन रहेको छ।

मन्दिर क्षेत्रमा कृषि, व्यापारिक र सामाजिक सम्बन्धमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ। मन्दिर परिसरको करिब १० बिघा जग्गामा स्थानीय पहलमा बगैचा, पर्खाल, बिबाह मण्डप, चौतारा र प्रतिक्षालय निर्माण गरिएको छ। संघीयता लागू भएपछि स्थानीय तथा प्रदेश सरकारले मन्दिर संरचना र विकासमा पहल गर्न थालेका छन्।

हाल मन्दिर संरक्षण र व्यवस्थापनको लागि दुई वर्षअघिदेखि वैधानिक समिति पनि गठन गरिएको छ। मेलाले भक्तजनको आस्था र समुदायको सांस्कृतिक परम्परालाई जीवित राख्दै, ग्रामिण किसानलाई कृषि तथा घरेलु सामग्री खरीद गर्ने अवसर समेत प्रदान गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...