Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

अशोक टेमानीको घरदैलो अभियान: पर्सागढीका मतदातासँग प्रत्यक्ष संवाद

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले पर्सागढी नगरपालिका वडा नं. ७ मा घरदैलो अभियानलाई सशक्त बनाउँदै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार टेमानीले बुधबार फुलवरिया टोलमा पुगेका थिए।

उम्मेदवार टेमानीले घर–घरमा पुगेर मतदातासँग दैनिक जीवनसँग सम्बन्धित समस्या र अपेक्षा सुनेका थिए। स्थानीय बासिन्दाले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका चुनौती मुख्य रहेको गुनासो गरेका थिए। ग्रामीण भेगमा पर्ने पर्सागढीमा आधारभूत सेवा अभाव हुँदा जनजीवन प्रभावित भइरहेको जनाइएको छ।

स्थानीयले शुद्ध खानेपानीको अभाव, बिग्रिएका धारा, सीमित आपूर्ति, विद्यालयमा पर्याप्त शिक्षक र संरचना नहुँदा बालबालिकाको पढाइमा समस्या, स्वास्थ्य चौकीमा आवश्यक औषधि र दक्ष जनशक्तिको कमी, साथै कृषि क्षेत्रमा मल–बीउको अभाव र बजार नपाउनु मुख्य चुनौती भएको बताएका छन्।

सुनुवाइपछि टेमानीले निर्वाचित भएमा यी क्षेत्रमा प्राथमिकता दिँदै विकास योजनामा जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रामीण क्षेत्रको समग्र विकास बिना क्षेत्रीय समृद्धि सम्भव नभएको र जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने बताए।

घरदैलो अभियानका क्रममा स्थानीयले विकास र रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका छन्। अभियानले गाउँ–गाउँमा राजनीतिक गतिविधि सक्रिय बनेको र चुनावी माहोल तताएको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...