Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

अशोक टेमानीको घरदैलो अभियान: “जनताको समस्या प्रत्यक्ष सुन्ने र समाधान गर्ने प्रतिबद्धता”

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन केवल उम्मेदवार र दलबीचको प्रतिस्पर्धामा सीमित छैन, बरु वर्षौँदेखि थाती परेका जनजीवनसँग जोडिएका समस्याको समाधान खोज्ने बहसको केन्द्र बनेको छ।

यही सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले घरदैलो अभियान चलाउँदै स्थानीय समस्यासँग नजिकबाट परिचित हुने र निर्वाचित भएपछि नीतिगत तहबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार विहान टेमानीले वीरगंज महानगरपालिका वडा नं. १७ को कोनिया टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै संवाद गरेका थिए। कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री एवं जसपाका नेता रमेश कुर्मी, सशिकपुर मियाँ, करिमा वेगम लगायतका नेताहरूको सहभागिता रहेको थियो।

प्रत्यक्ष संवादका क्रममा टेमानीले खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीसम्बन्धी दीर्घकालीन समस्याबारे विस्तृत जानकारी लिएका थिए। पर्सा–२ अन्तर्गत वीरगंज, पर्सागढी र बहुदरमाईका मिश्रित शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रमा विकासको गति असमान छ। शहरी क्षेत्रका धेरै टोलमा खानेपानी र ढल व्यवस्थापन चुनौती बनेका छन् भने ग्रामीण क्षेत्रमा आधुनिक सिंचाइ र कृषि प्रविधि अभावले किसानहरू अपेक्षित आम्दानी गर्न सकिरहेका छैनन्।

टेमानीले भने, “घरदैलो अभियान केवल भोट माग्ने कार्यक्रम होइन, नीति निर्माणको आधार हो। जनताले भोगिरहेका समस्या संसदमा पुर्‍याउनु मेरो मुख्य जिम्मेवारी हुनेछ।” उनी निर्वाचित भएपछि खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता दिने र संघीय संसदमा बजेट तथा योजना वितरणमा न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको घरदैलो अभियानले पर्सा–२ का मतदातामा विश्वास जगाएको र निर्वाचन बहसलाई नयाँ दिशा दिएको विश्लेषकहरू बताउँछन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...