Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पर्साको विकासका लागि नयाँ पुस्ताको नेतृत्व आवश्यक : उम्मेदवार रिमा यादव

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले वीरगंज महानगरपालिका वडा नम्बर–२८ ईनरवा तथा बगही क्षेत्रमा सोमबार घरदैलो कार्यक्रम र वडा स्तरीय अगुवा भेला सम्पन्न गरेकी छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि तथा सामाजिक विकाससँग सम्बन्धित समस्याहरू सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। यसअघि निर्वाचित जनप्रतिनिधिहरूबाट अपेक्षित विकास हुन नसकेको भन्दै त्यसकै कारण आफू राजनीतिमा होमिएको उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं वीरगंजका पूर्व मेयर बिजय सरावगी, वीरगंज महानगर सचिव एवं कार्यवाहक अध्यक्ष लियाकत अलि, लेखा समितिका संयोजक अजय साह, सह–सचिव जयनारायण सिंह कुर्मी, नेतृ सिता लामा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाले प्रत्यक्ष संवादको अवसर पाउँदा खुशी व्यक्त गर्दै दैनिक जीवनसँग जोडिएका समस्याको समाधानमा ध्यान दिन आग्रह गरेका थिए।

यसै क्रममा वीरगञ्ज–२८ बगहीमा आयोजित वडा स्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताइन्। दक्ष जनशक्ति उत्पादनका लागि वडा–वडामा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले सीप विकासले महिलालाई आत्मनिर्भर बनाउने र रोजगारीसँग जोड्ने बताइन्।

यादवले प्रत्येक स्वास्थ्य संस्थामा सुलभ औषधि उपलब्ध गराउने, चिकित्सकको नियुक्तिका लागि पहल गर्ने र स्वास्थ्य चौकीहरूमा समेत कम्तीमा एक जना एमबिबिएस डाक्टरसहितको सेवा सुनिश्चित गर्न आफूले पहल गर्ने स्पष्ट गरिन्।

महिला अधिकार र शिक्षामा जोड दिँदै उनले प्रौढ शिक्षालाई पुनः निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइन्। “प्रौढ शिक्षा मधेशमा निकै प्रभावकारी थियो, तर किन बन्द भयो थाहा भएन। यसलाई पुनः सञ्चालन गरिनुपर्छ,” उनले भनिन्। प्रौढ शिक्षा कार्यक्रमले महिलालाई साक्षर, आत्मसम्मानयुक्त र स्वावलम्बी बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

घरदैलो तथा भेलामा महिलाहरूको सक्रिय सहभागितालाई सकारात्मक संकेतका रूपमा उल्लेख गर्दै यादवले महिलालाई राजनीतिमा अगाडि ल्याउने र समुदायमा सशक्त बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याइन्। उनले पर्साको इतिहासमै पहिलो पटक जेन–जी उमेर समूहकी मधेशी महिला सांसदको उम्मेदवारी दिएको उल्लेख गर्दै क्षेत्रको समग्र विकासका लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिन्।

समानुपातिक उम्मेदवार तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलामा वीरगञ्ज–१७ का वडा अध्यक्ष सन्जु छतकुली, वडा नम्बर–२४ का वडा अध्यक्ष विजय कुर्मी, युवा नेता मुकेश द्विवेदीलगायतले आ–आफ्ना धारणा राखेका थिए।

ईकाई अध्यक्ष धुरुप राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए। वक्ताहरूले महिला अधिकार, समावेशी विकास र स्थानीय तहको सुदृढीकरणका लागि नेकपा एमालेको भूमिका निर्णायक हुने दाबी गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...