Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फको घरदैलो अभियान, महिला सशक्तीकरण र वीरगंज विकासमा जोड

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज वडा नम्बर–१६ भन्सार टोलमा भेटघाट, संवाद र घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमको क्रममा उम्मेदवार सरार्फले महिलाको सम्मान र सशक्तीकरणबिना समाजको समृद्धि सम्भव नभएको औँल्याउँदै महिला साक्षरता, सिप विकास, उद्यमशीलता र आयआर्जनसँग महिलालाई जोडेर आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

सरार्फले वीरगंजको स्थानीय सरोकार र विकासका साथै मधेसको अधिकार र पहिचानको मुद्दामा निरन्तर संघर्ष गर्दै आएकोले संसद तथा सम्बन्धित निकायमा वीरगंज र वीरगंजबासीको शिर ठाडो हुने काम गर्ने वाचा गरेका छन्। उनले देश र मधेसको दीर्घकालीन विकासको विजन जनमत पार्टी र डा. सीके राउतसँग मात्र सम्भव रहेको भन्दै मतदातालाई घर–घर पुगेर मतदान गर्न अपिल पनि गरे।

कार्यक्रममा स्वस्फूर्त रूपमा स्थानीयबासीले उम्मेदवार सरार्फलाई भव्य स्वागत र सम्मान गरेका थिए। साथै, पूर्व एसएसपी अनुराग द्विवेदी, अनिता रौनियार, समानुपातिक उम्मेदवार विजय पासवान, बबिता पुडासैनी, नेताहरू नजमा खातुन, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, सत्युग साह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस घरदैलो कार्यक्रमले सरार्फको जनता नजिक पुग्ने प्रयासलाई बलियो बनाएको र आगामी निर्वाचनमा जनमत पार्टीको समर्थन बढाउने संकेत गरेको स्थानीयले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...