Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

ड्राइपोर्ट मुआब्जा पीडितको आवाज सिर्सियामा गुञ्जियो, रास्वपाको घरदैलो सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलो कार्यक्रमका क्रममा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार कानुले वीरगञ्ज ड्राइपोर्ट (सुक्खा बन्दरगाह) का लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लामो समयदेखि मुआब्जाबाट वञ्चित तथा अन्यायमा परेका जग्गाधनीको समस्या न्यायोचित ढंगले समाधान गर्न आफूले पहल गर्ने उनले बताए।

स्थानीय जग्गाधनीहरूले ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम अपर्याप्त भएको र समयमै भुक्तानी नपाएको गुनासो राखेका थिए। उनीहरूका अनुसार यस समस्याले आर्थिक तथा सामाजिक जीवनमा गम्भीर असर पारेको छ। साथै वर्तमान बजार मूल्यअनुसार मुआब्जा पुनरावलोकन गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

उम्मेदवार कानुले निर्वाचित भएपछि सम्बन्धित निकायसँग समन्वय गरी मुआब्जा दर पुनरावलोकन, बाँकी रकम भुक्तानी तथा प्रभावित परिवारलाई न्याय सुनिश्चित गर्ने दिशामा ठोस पहल गरिने स्पष्ट पारे। सुशासन, पारदर्शिता र पीडित–केन्द्रित नीति नै रास्वपाको प्रमुख प्राथमिकता रहेको उनले उल्लेख गरे।

घरदैलो कार्यक्रममार्फत टोल–टोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाले स्थानीय समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा उठाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले ड्राइपोर्ट मुआब्जा समस्याको दीर्घकालीन समाधानका लागि ठोस पहलको अपेक्षा व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...