Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

भन्सार एरियामा रास्वपा उम्मेदवार हरि पन्तको भव्य स्वागत, घरदैलोमा जनसमर्थन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तलाई वीरगंज भन्सार एरियाका स्थानीय बासिन्दाहरूले स्वागत गरेका छन्।

रास्वपाद्वारा भन्सार एरियामा आयोजित घरदैलो कार्यक्रमका क्रममा स्थानीयहरूले उम्मेदवार पन्तलाई स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा वीरगंज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले अब रास्वपाले मात्र देशमा आमूल परिवर्तन ल्याएर मुलुकलाई सुशासन र समृद्धिको यात्रातर्फ उन्मुख गराउन सक्ने विश्वास व्यक्त गर्दै आफूहरू निस्वार्थ रूपमा रास्वपालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

घरदैलो अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पुराना दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूलाई विगत ३५ वर्षमा के गरे र अब जितेपछि के गर्ने योजना छ भन्ने प्रश्न गर्न आम मतदाताहरूलाई आग्रह गरे। उनले फेरि पनि पुराना दलहरूलाई भोट दिएर परिवर्तन चाहने जनआन्दोलनको उपहास नगर्न मतदाताहरूलाई अनुरोध गरे।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...