Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

हरघर रोजगारी र महिला उद्यमशीलता मेरो प्रमुख प्राथमिकता : उम्मेदवार ओमप्रकाश सरार्फ

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले हरघर रोजगारी सिर्जना र महिला उद्यमशीलतालाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताएका छन्।

उम्मेदवार सरार्फको वीरगंज महानगरपालिकाको वडा नम्बर–१५ लक्ष्मणवा तथा वडा नम्बर–८ पानी ट्यांकी क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका क्रममा उनले वीरगंज औद्योगिक नगरी भए पनि स्थानीय युवाहरू बेरोजगार रहनु र रोजगारीको खोजीमा विदेश वा अन्य ठाउँ जान बाध्य हुनु दुःखद अवस्था भएको बताए।

सरार्फले उक्त समस्याको समाधानका लागि आफूले स्पष्ट रोडम्याप तयार गरेको उल्लेख गर्दै बेरोजगार युवालाई रोजगारी वा सीप प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गरिने प्रतिबद्धता जनाए। साथै महिलाहरूलाई पनि आयआर्जन र उद्यमशीलतासँग जोड्ने योजनामा जनमत पार्टी प्रतिबद्ध रहेको उनले बताए।

देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्र रहेको दाबी गर्दै सरार्फले आगामी निर्वाचनमा हर्न छापमा मतदान गर्न मतदाताहरूसँग आग्रह गरे।

कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्या गुप्ता, रम्भा मिश्रा, श्याम गुप्ता, राजनारायण मिश्रा, भूपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, हिरालाल राम, डा. मोहम्मद राजा, रामजी रौनियार, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...