Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

सेढवामा दशौँ राष्ट्रिय थारु साहित्य सम्मेलन सुरु

spot_img
spot_img

सेढवा । थारु लेखक संघ नेपालको आयोजनामा तथा थारु अतिथि सेवा सदन समितिको सहआयोजनामा दशौँ राष्ट्रिय थारु साहित्य सम्मेलन आजदेखि सुरु भएको छ। पटेर्वासुगौली गाउँपालिका–२, बेलवास्थित थारु अतिथि सेवा सदनको सभा हलमा सम्मेलनको औपचारिक उद्घाटन गरिएको हो।

सम्मेलन सदन समितिका अध्यक्ष रामचन्द्र दहित थारुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा मधेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र मोहनलाल चौधरी, जनता समाजवादी पार्टीका नेता डा. कृपासिन्धु चौधरी, नेपाल कम्युनिस्ट पार्टीका नेता जयप्रकाश थारु तथा नेता नागेन्द्र चौधरीलगायतले विशिष्ट अतिथिका रूपमा सहभागिता जनाउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनअन्तर्गत कविता वाचन, रचनापाठ, साहित्यिक विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम समावेश गरिएको छ। आयोजकका अनुसार सम्मेलनले थारु साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय साहित्यिक गतिविधिलाई राष्ट्रिय तहसम्म पुर्‍याउने र नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्ने उद्देश्य लिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...