Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

सेढवामा कांग्रेस वडा कार्यालय संचालन, उम्मेदवार रमेश रिजालद्वारा उद्घाटन

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा नेपाली कांग्रेसको वडा पार्टी कार्यालयको उद्घाटन आज एक कार्यक्रमबीच सम्पन्न भएको छ। पार्टी कार्यालयको उद्घाटन नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालले गर्नुभएको हो।

नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष सरोज चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका प्रवक्ता रमेश पाण्डे, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा नं. ५ का वडा अध्यक्ष दारा सिंह, गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष सोमनाथ सापकोटा, पालिका सदस्य ऋषि हजरालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश रिजालले नेपाली कांग्रेसको पहलमा हुलाकी राजमार्ग, जनता सडक तथा जगरनाथपुर–सुपौली–परासवा हुँदै लाटो माइँदेखि संकर सरैयासम्मको कच्ची सडक कालोपत्रे गरिएको उल्लेख गर्नुभयो। उहाँले विकास र समृद्धिका लागि कांग्रेसको योगदान निरन्तर रहेको बताउनुभयो।

त्यसैगरी, मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल अन्य उम्मेदवारको तुलनामा स्वच्छ, अनुभवी र सक्षम रहेको दाबी गर्नुभयो। उहाँले निर्वाचनमा एकजुट भएर कांग्रेस उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै पार्टी संगठन सुदृढीकरण गरी जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...